नक्कली नोटको कारोबार गरेको आरोपमा भक्तपुरबाट चार बंगलादेशी नागरिक पक्राउ

समाधान संवाददाता, काठमाडाैं
काठमाडौंमा नक्कली नोटको कारोबार गर्ने चार जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पेप्सीकोलामा लुकिछिपी बसिरहेका उनीहरूलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजारका १८ थान नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुमन खान, बंगलादेश नेत्रकुनाका ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय मोहम्मद उल्लाह छन्।
सुमन मध्यपुर ठिमीमा र अन्य लोकन्थली बस्थे। स्थानीय लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेका उनीहरूमध्ये सुमनले सामान खरिद गर्दा पुस ३ गते दुई हजार नक्कली नोट दिएर फरार भएका थिए।
थिमी१ मा रहेको परिधि गिफ्ट सपबाट सामान किन्दा उनले नक्कली नोट दिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
उजुरीपछि प्रहरीले बंगलादेशी नागरिकलाई खोज्न थालेको थियो। खोजीका क्रममा उनीहरूलाई पेप्सीकोलाबाट पक्राउ गरिएको परिसरले जनाएको छ।
उनको कोठामा तलासी लिँदा अन्य नोट पनि फेला परेको परिसरले जनाएको छ। शनिबार राति पक्राउ परेका बंगलादेशी नागरिकलाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको छ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया