आइओई प्रवेश परीक्षामा पोखराका आयुष नेपाल टपर, एसओएसले कायम राख्यो विरासत

पोखरा ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले २०८२ सालका लागि लिएको स्नातक तहको प्रवेश परीक्षामा पोखराका आयुष पराजुली नेपाल प्रथम भएका छन् । उनी पोखरा–१५, रामबजारस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।
यो नतिजासँगै एसओएस विद्यालयले लगातार दोस्रो वर्ष पनि नेपाल टपर उत्पादन गर्दै आफ्नो शैक्षिक उत्कृष्टताको विरासतलाई कायम राखेको छ ।
विद्यालयले एक बधाई सन्देश जारी गर्दै आफ्ना प्रतिभाशाली विद्यार्थी आयुषले राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट नतिजा ल्याएकोमा खुसी व्यक्त गरेको छ । विद्यालयका अनुसार, गत वर्ष २०८१ को प्रवेश परीक्षामा पनि सोही विद्यालयका कृतन लामिछाने र सुयोग कोइरालाले उत्कृष्ट नतिजा ल्याएका थिए । यस वर्ष आयुषले त्यो सफलतालाई निरन्तरता दिएका हुन् ।
‘यस सुखद क्षणमा हामी हाम्रा विद्यार्थी, अभिभावक र सहकर्मीहरूसँग यो खुसी बाँड्न चाहन्छौं,’ विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले भनेका छन्, ‘हामी आयुषको उज्ज्वल र सफल भविष्यको कामना गर्दछौं ।’
इन्जिनियरिङ अध्ययनका लागि आइओईको प्रवेश परीक्षा नेपालकै सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक परीक्षामध्ये एक मानिन्छ । देशभरका हजारौं विद्यार्थी सहभागी हुने यस परीक्षामा शीर्ष स्थान हासिल गर्नुलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिन्छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया