मृगौला पीडितलाई सहयोग

पोखरा ।
बि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो । युकेमा संकलन भएको रकम बुधबार बाझापाटनका मृगौला पीडित विकलाई सहयोग गरेको वि १३ क्लबका अध्यक्ष हिकमत गुरुङले जानकारी दिए ।
रोजगारको शिलशिलामा युकेमा रहेर आफ्नो ठाउँलाई सहयोग गर्ने बि १३ परिवारलाई उनले धन्यवाद दिए । ‘उहाँहरु रोजगारका लागि विदेसिए पनि आफ्नो क्लबलाई माया गरेर सामाजिक कार्य गर्नु निकै राम्रो काम हो’, उनले भने, ‘हामीले पनि पोखरामा खेलकुददेखि सामाजिक गतिविधि गर्दै आउँदा बि १३ युकेले हरेक पटक सहयोग गर्दै आएको छ ।’
वि १३ युकेले अगस्ट २ मा युकेले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा नवौं संस्करणको फुटबल प्रतियोगिताको आयोजना गरेको हो । हाम्रो मोर्गेजेज्स र रेड प्रोट एकाउन्टिङको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधि झापा फुटबल क्लबले जितेको थियो । वासिङकोट युथ नेप्लिज कम्युनिटी दोस्रो भएको थियो । खुला तर्फ २० टिमको सहभागिता थियो । भेट्रान्स तर्फ धरान ११ पहिलो हुँदा प्लुमेस्टेड भिइटीले दोस्रो स्थान हाँसिल गरेको थियो ।








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया