पोखरामा घर निर्माण फेस्ट हुने

समाधान संवाददाता २०८२ भदौ १२ गते १७:२७

पोखरा ।
स्किल सेवाको आयोजनामा पोखरा १० अमरसिंहमा भदौ १३ र १४ गते राष्ट्रिय घर निर्माण फेस्ट हुने भएको छ ।


नयाँ घर निर्माणका लागि आवश्यक पर्ने सेवा प्रदान गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको बारेमा जानकारी दिइनेछ ।


कार्यक्रममा ५ हजार बढि सहभागी हुने आयोजकको अपेक्षा छ । घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

Advertisement


कार्यक्रमले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुर्याउने स्किल सेवाका सञ्चालक समन कुँवरले बताए ।


‘आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो यसलाई भरपर्दो, सुरक्षित र दिगो बनाउनु अत्यावश्यक छ,’ उनले भने, ‘कार्यक्रममा घर निमार्ण गर्दा खर्च कम गर्ने उयाय, सिमेन्ट, इट्टा, डन्डि, ग्लास, टाएल्स् कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी गराइनेछ ।’

Advertisement


स्किल सेवाका अर्का सञ्चालक सताक्षी मिश्रले घर बनाउँदा भित्री पक्षलाई कम महत्व दिइने र छोपछाप गर्ने कुरामा बढी महत्व दिइनाले घर कमजोर हुने बताइन् । उनले दक्ष जनशक्ति र प्रविधिको प्रयोगले घर मजबुत र टिकाउ बन्ने बताइन् ।


स्किल सेवाका सीइओ रमेश तिमल्सिनाले घर निमार्ण गर्दा आवश्यक कुरा मात्र राख्दा खर्च कम हुने बताए । उनका अनुसार कार्यक्रम बिहान १० बजे देखि सुरु हुनेछ तथा ३२ वटा स्टल रहनेछन् । इन्टेरियरका सामानहरु सुपथ मूल्यमा पाइन्नेछ ।

तपाईको प्रतिक्रिया