लिटिल स्टेपमा अभिनन्दन तथा सम्मान

पोखरा ।
पोखराको लिटिल स्टेप मावि तथा पोखरा लिंकन इन्टरनेसनल कलेजले ’हिरो भोइस युनिभर्स सिजन २–२०२३’ का विजेता प्रथम गुरुङ र ‘हिरो डान्स युनिभर्स सिजन २–२०२३’ की विजेता रिस्ता गुरुङलाई सम्मान गरेको छ । कलेजले एक कार्यक्रम आयोजना गर्दै दुवै विजेतालाई अभिनन्दन र सम्मान गरेको हो ।
प्रथम गुरुङ यसै विद्यालयका २०७४ को एसईई उत्तीर्ण विद्यार्थी हुन् भने रिस्ता गुरुङका बुवाआमा पनि यस विद्यालयका पूर्व विद्यार्थी हुन् । दुवै विजेताले उक्त प्रतियोगितामा जनही १ करोड रुपैयाँ बराबरको पुरस्कार, २५ लाख रुपैयाँको बिमा सुविधाका साथै विभिन्न विभूषण जितेका थिए । सोही खुसीयालीसमेतमा विद्यालय र कलेजले अभिनन्दन एवं सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।
धनकुटाको पाख्रिबासका मेयर ज्ञानबहादुर गुरुङले कार्यक्रममा कला र गला जीवनका अपरिहार्य निधि भएको बताए । विद्यालयकी संस्थापक प्राचार्य पम्फा गुरुङले स्वागत मन्तव्य राख्दै कलाकारहरूलाई गरिएको सम्मानले उनीहरूलाई थप सफलताको शिखर चुम्न प्रेरणा मिलोस् भन्दै शुभकामना दिइन् ।
कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले गरेका थिए । उनले नवोदित कलाकारहरूको प्रतिभा प्रस्फुटनमा परिवार, विद्यालय, समाज र राष्ट्रको गहन जिम्मेवारी हुने जनाउँदै उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रममा विजेताहरूले आआफ्ना गीत तथा नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका संयोजक विनोद गिरीले गरेका थिए ।









एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया