उपन्यासकार दीपक पराजुलीको नेतृत्वमा र्यान्डम रिडर्स सोसाइटी

पोखरा
र्यान्डम रिडर्स सोसाइटीको १५ औँ साधारण सभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । मिथ्या उपन्यासका लेखक पराजुली पृथ्वीनारायण क्याम्पसमा कानुन विषय अध्यापन गर्छन् । उनी कानुन व्यवसायी पनि हुन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमु छन् । त्यसैगरी, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शंकरमणि त्रिपाठी (छन्दमणि) छन् ।
यसअघि अधिवेशनको पहिलोसत्र अध्यक्ष रुपिन्द्र प्रभावी जोशीको अध्यक्षतामा भएको थियो । सभाले सचिव नेपालप्रकाश अधिकारी र कोषाध्यक्ष ध्रुव केसीले पेस गरेको क्रमश प्रगति र आर्थिक प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा पूर्व अध्यक्ष गनेस पौडेलले पठन संस्कृतिको विकासका लागि सोसाइटीले पुर्याएको योगदानको चर्चा गरे ।
कार्यक्रममा पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा उपाध्यक्ष अनुपमणि अधिकारीले स्वागत गरेका थिए ।










टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया