ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन पोखरमा टीका

पोखरा । ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको २७ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनबाट टीकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित बनेको छ ।
समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्ष टीकाराम लम्साल, सचिव रमेशराज अधिकारी, सहसचिव बुद्धिबहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित भए । सदस्यमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुंगाना र राजकुमार नेपाली र निवर्तमान अध्यक्षमा प्रमोद भण्डारी छन् ।
सभामा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको प्रचूर सम्भावना रहेको बताउँदै यसको उजागरका लागि सबैको प्रयास आवश्यक भएकोमा जोड दिए ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि सबैको साझा प्रयास आवश्यक हुनेमा जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन सम्बद्ध सबै संघ, संस्थासँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धन विकासका कार्यक्रमअघि बढाइने जनाए ।
टेसा पोखरा अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेन्द्र जिसी, प्रथम उपाध्यक्ष टीकाबहादुर लम्साल, सहसचिव टीकाराम लम्साल र कोषाध्यक्ष रमेशराज अधिकारीले बोलेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया