हाम्रो बहुउद्देश्यीयको पुँजी सवा ५ करोड

पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ८ न्युरोडको सेयर पुँजी ५ करोड २९ लाख ४० हजार कायम भएको छ । गएको असारसम्म यो सेयर पुँजी कायम भएको हो ।
सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी ५ करोड ३६ लाख ५० हजार थियो । सहकारीको शनिबार भएको २८ औं साधारण सभामा अध्यक्ष वसन्तराज अधिकारीले सहकारीको आर्थिक वर्ष २०८१÷०८२ मा सेयर पुँजीमा ७ लाख १० हजारले कमी भएको जानकारी दिए । सहकारीको चालु आर्थिक वर्षमा निक्षेप भने बढेको छ । सहकारीको निक्षेप १८ करोड ६३ लाख ८१ हजार ५ सय ७५ पुगेको छ ।
सहकारी यस आर्थिक वर्षमा १ करोड २४ लाख ८२ हजार ७० बढाएको हो । सहकारीको गत आर्थिक वर्षको निक्षेप १७ करोड ३८ लाख ९९ हजार ५ सय ५ रहेको थियो । सहकारीले यस आर्थिक वर्षमा २४ करोड ४१ लाख ७६ हजार ८ सय ८१ रुपैयाँ कर्जा लगानी गरेको छ । अध्यक्ष अधिकारीले सहकारीको गत वर्ष २२ करोड ६२ लाख ५४ हजार ३ सय ६१ रुपैयाँ कर्जा लगानी गरेको बताए ।
सहकारीले यो आर्थिक वर्षमा १ करोड ७९ लाख २२ हजार २ सय १९ रुपैयाँ कर्जा लगानी बढाएको हो । सहकारीले आर्थिक वर्ष २०८१/०८२मा ३ करोड ६७ लाख १८ हजार ७ सय ८२ रुपैयाँ आम्दानी र २ करोड ७३ लाख १३ हजार ६ सय १४ कुल खर्च कट्टा गरी ९४ लाख ५ हजार १ सय ६७ कुल मुनाफा गर्न सफल भएको छ । मुनाफामा आयकर व्यवस्था भए बमोजिम १८ लाख ८१ हजार ३३ रुपैयाँ कर कट्टी गरी स्थगन कर आम्दानी ३० हजार ७ सय २१ रुपैयाँ जोड्दा ७५ लाख ५४ हजार ८ सय ५६ खुद बचत गरेर विभिन्न कोषमा बाँडफाँड गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
सेयर सदस्यबाट गोलाप्रथाबाट चुनिएका प्रमुख अतिथि विष्णुप्रसाद कँडेलले सभाको उद्घाटन गर्दै सेयर सदस्यहरुको सहकार्य नै सहकारी भएको बताए । उनले सबै सेयर सदस्यले आफ्नै सहकारीका बचत तथा ऋण लिएर कारोबार गर्नुपर्ने धारणा राखे ।
सभाले अध्यक्ष अधिकारीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव नरेश तिमिल्सिनाले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पीताम्बर पराजुलीले पेश गरेको आर्थिक प्रतिवेदन र रकम परिचालन उपसमितिका संयोजक गणेश पहारीले प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक राजुकुमार पौडेलले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
सभामा सहकारीका पूर्व अध्यक्षहरु उमानाथ बराल, चन्द्रबहादुर थापा, बोधराज पौडेल र युवराज त्रिपाठी, सल्लाहकार नारायण कार्की, उपाध्यक्ष प्रकाश क्षेत्री, शिक्षा उपसमिति संयोजक कमला सुवेदी बराल, सञ्चालक समितिका सदस्यहरु निर्देशक चुल्याजू र रितादेवी कँडेल, सेयर सदस्यहरु गजेन्द्र पोखरेल, ईश्वरी सिग्देल, पत्रकार कृष्ण बास्तोला लगायतले बोलेका थिए ।
कार्यक्रममा डा सिर्जन ज्ञवाली र डा मिलन ज्ञवालीले सञ्चालक समितिलाई सहयोग गरेवापत प्रदान गर्न स्थापना गरेको ५ हजार नगदसहित प्रेमकुशल अवार्ड कमल कोइरालालाई प्रदान गरिएको छ । साधारण सभामा सेयर सदस्यहरु राजेन्द्र चापागाई, नारायणबहादुर कार्की, प्रेमकुमारी गुरुङ, खेमसरी गुरुङ, शोभा पोखरेल, शिला कार्की श्रेष्ठ पार्वतीकुमारी तिमिल्सिनालाई सम्मान गरिएको सहकारीका प्रधान व्यवस्थापक शिवप्रसाद वाग्लेले जानकारी दिए ।
कार्यक्रममा आधारभूत विद्यालयतर्फ उत्कृष्ट विद्याथीहरु अनुश्री पराजुली, गृष्म पोखरेल, प्रमिसा पोखरेल, माध्यमिक तहतर्फ उत्कृष्ट विद्यार्थीहरु मयूर शाही, सुविज्ञा तिवारी, स्नेहा गुरुङ, युनिक घिमिरे, स्नातक तहतर्फ उदय अधिकारी र स्नातकोत्तर तहतर्फ विकल्प कँुवरलाई सम्मान गरिएको छ ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया