‘भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ ’

समाधान संवाददाता
दमौली
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिका १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघ इकाइले मंगलबार आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको १ इन्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमीन फिर्ता ल्याएरै छाड्ने बताए । ‘सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ,’ नेता थापाले भने, ‘हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि संघर्ष गर्छ ।’
नेपाललाई सिंगापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि १ व्यक्तिले चाहेरमात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे । ‘नायक, महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ,’ उनले भने ।
तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अघि बढ्नुपर्ने बताए । संघ इकाइ सभापति सुदर्शन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष चूडामणि खनाल, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति अध्यक्ष ब्रह्मदत्त तिमिल्सिना लगायतले विद्यार्थीको हकहितका लागि नेपाल विद्यार्थी संघ सधैं क्रियाशील रहने बताए ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया