फिस्टेलमा मोडल युनाइटेड नेसन्स कार्यक्रम

पोखरा । पोखरास्थित फिस्टेल एकेडेमीले आयोजना गरेको ‘फिस्टेल मोडल युनाइटेड नेसन्स १.०’ कार्यक्रम आइतबार सकिएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख सुदीप अर्यालले यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सहयोग पुग्ने विचार राखे ।
११ विद्यालयका १ सय २६ विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्रसंघ अन्तर्गतका महिलाको अवस्थासम्बन्धी आयोग, सुरक्षा परिषद्, निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समिति, सामाजिक, मानवीय तथा सांस्कृतिक समिति र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका छुट्टाछुट्टै समूह बनाई विभिन्न कार्यसूचीमा तीन दिनसम्म छलफल गरिएको थियो ।
अन्तिम दिन छलफल गरिएका समस्याको समाधानका उपायसमेत प्रस्तुत गरियो । समापन कार्यक्रममा प्रत्येक समूहबाट उत्कृष्ट चार सहभागीलाई पुरस्कृत गरियो । सामाजिक मानवतावादी तथा सांस्कृति समितिका अग्रिम क्षेत्री, प्रवेश थापा, अमिर चौधरी र प्राञ्जल लम्सालले उत्कृष्ट सहभागीको प्रमाणपत्र र पुरस्कार प्राप्त गरे । युएनडिपीका श्रीपना थापा, विशेष बराल, धारणा गुरुङ र रायन द्वा उत्कृष्ट भए । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का समता थापा, सुधा सापकोटा, सुमन ढुंगाना र रिजुता थापा उत्कृष्ट घोषित भए ।
संयुक्त राष्ट्रसंघीय महिला आयोगका सुवांश सुप्रिम कर्ण, लसता कर्माचार्य, स्याल्भिना श्रेष्ठ र सान्भी गुरुङ उत्कृष्ट ठहरिँदा निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिका इमिली मिनाल अधिकारी, सिजिया कोइराला, दीपिका तिवारी र प्रतिष्ठा पौडेलले उत्कृष्टको उपाधि हात पारे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सम्पूर्ण देवापाटे, विद्यार्थीहरू कृषा रानाभाट, दर्शन अधिकारी र सक्षम कार्कीले पनि बोलेका थिए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया