सामसङको ‘दसैंको मुड, सबै गुड’ अफर

काठमाडौं । सामसङ नेपालले दसैंको अवसरमा ‘दसैंको मुड, सबै गुड’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा आकर्षक छुट र विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । यो सीमित अवधिको अफर भदौ २५ गतेदेखि असोज २४ गतेसम्म लागु हुनेछ । ग्राहकले यस अफरबाट इन्स्टेन्ट क्यासब्याक र उपहारका साथै नेपालभरका अधिकृत खुद्रा साझेदारहरूमार्फत सजिलो अपग्रेड वा एक्सचेन्ज सुविधा पनि पाउनेछन् ।
यो दसैंमा सामसङका विश्व नम्बर १ टिभी, जसमा नियो क्यूएलईडी, क्युएलईडी, एफएचडी र एचडी टिभीहरू समावेश छन्, खरिद गर्दा ग्राहकले ३५ प्रतिशतसम्म इन्स्टेन्ट क्यासब्याक प्राप्त गर्नेछन् । छानिएका ७५ इन्च र ८५ इन्च क्युएलईडी मोडेलको खरिदमा साउन्डबार पनि उपहार स्वरूप दिइनेछ, जसले घरमै बसेर होम थिएटरको अनुभव अझै उत्कृष्ट बनाउन मद्दत गर्नेछ । टी, ए, बी, सी, डी र एफ सिरिजका योग्य टिभीहरूमा ३ वर्षको फुल वारेन्टी उपलब्ध हुनेछ भने निशुल्क प्रोफेसनल इन्स्टलेसन सुविधा पनि प्रदान गरिने सामसङले जनाएको छ ।
सामसङले आफ्ना सिंगल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजेरेटरहरूको खरिदमा १९ प्रतिशतसम्म इन्स्टेन्ट क्यासब्याकको सुविधा दिएको छ । विशेष गरी छानिएका ७०० लिटर क्षमताका साइड–बाइ–साइड मोडेलहरू खरिद गर्दा ग्राहकले माइक्रोवेभ ओभन उपहार स्वरूप पाउनेछन्, जसले दशैंका परिकार बनाउन र तताउन सहज बनाउने कम्पनीले बताएको छ ।
कपडा धुने कामलाई छिटो र स्मार्ट बनाउन चाहने ग्राहकहरूका लागि सामसङका टप–लोड र फ्रन्ट–लोड वासिङ मेसिनहरूमा २४ प्रतिशतसम्म इन्स्टेन्ट क्यासब्याकको व्यवस्था गरिएको छ । उत्सवको सरसफाइका लागि थप सहजता प्रदान गर्न योग्य टप–लोड (७ केजीभन्दा माथिका) वा ९ केजी फ्रन्ट–लोड वासिङ मेसिन किन्दा सर्फ एक्सेल म्याटिक १ केजी उपहार दिइनेछ । त्यस्तै, ८ केजीभन्दा माथिका फ्रन्ट–लोड मोडेल खरिद गर्दा सर्फ एक्सेल म्याटिक ६ केजी उपहार स्वरूप प्राप्त गर्न सकिनेछ । रेफ्रिजेरेटर र वासिङ मेसिनमा डीआईटीमा २० वर्षको वारेन्टी दिइएको छ भने सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध हुनेछ ।
सामसङले हुलास फिन्सर्व हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स मार्फत ० प्रतिशत ब्याजदरमा ईएमआई किस्ताबन्दीमा टिभी वा होम अप्लायन्स खरिद गर्न सकिने सुविधा पनि दिएको छ । यसका लागि प्रक्रिया सरल रहेको र नागरिकता कागजात मात्र पर्याप्त हुने कम्पनीले बताएको छ । ग्राहकले आफ्ना पुराना अप्लायन्सहरू अर्कोस्टोर वा नजिकका अधिकृत सामसङ स्टोरमार्फत साटेर थप मूल्य फाइदा पनि लिन सक्नेछन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया