नेस्टको नयाँ नेतृत्वमा न्यौपाने

पोखरा ।
सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) को नेतृत्व सूर्यप्रसाद न्यौपानेले पाएका छन् । शनिबार पोखरामा सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभा र १० औं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
नवगठित कार्यसमितिमा कमलादेवी श्रेष्ठ उपाध्यक्ष, कुमबहादुर गुरुङ सचिव, सन्देश सुवेदी कोषाध्यक्ष र प्रभा आचार्य सहसचिव बनेका छन् । निर्वाचन समिति संयोजक अधिवक्ता भुवन पराजुलीले पदाधिकारी चयनबारे जानकारी दिइन् ।
यसैगरी कार्यसमिति सदस्यमा प्राडा पदम श्रेष्ठ, महेन्द्रप्रसाद लामिछाने, कृष्णबहादुर भण्डारी र हिराकुमारी गुरुङ रहेका छन् । लेखा समिति संयोजकमा मोना भण्डारी चयन भएकी छिन् भने सदस्यमा केदार धमला र गिरिधारी पोख्रेल निर्वाचित भएका छन् । निर्वाचन समितिमा हरिप्रसाद लुइँटेल र सुरेन्द्रबाबु तिवारी सदस्यका रूपमा संलग्न थिए ।
अधिवेशन संस्थाका तत्कालीन अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा भएको हो । कार्यक्रममा सहसचिव रविन श्रेष्ठले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कार्यसमिति सदस्य प्रभा आचार्यले दिएकी थिइन् । सचिव सूर्यप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सन्देश सुवेदीले पेस गरेका थिए ।
नव–निर्वाचित पदाधिकारी र सदस्यलाई निर्वाचन समिति संयोजक पराजुलीले शपथ ग्रहण गराइन् । शपथपछि अध्यक्ष बनेका न्यौपानेले संस्थालाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘नयाँ प्रविधि र नयाँ सोचलाई संस्थागत गर्दै अघि बढ्छौं ।’









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया