फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

दमौली (तनहुँ) । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपांगता) भएका व्यक्तिलाई निवासमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ।
यसै क्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सबिना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गरे।
विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगरेकी सबिनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिए।
सबिनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा तयार पारिएको थियो। प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘छिटो, छरितो र सहुलियत ढंगले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो। सबिना अपांगता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ। यस्ता कार्यले सरकारप्रतिको भरोसा र सकारात्मक धारणा थप अभिवृद्धि भएर जानेछ।’
यसअघि प्रजिअ अधिकारीले गत साउन ६ गते म्याग्दे गाउँपालिका–१, गुणादी निवासी फरक क्षमता भएकी २० वर्षीया नबिना खनाललाई उनको निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए। रासस









लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया