नेपालमा अब ´एन्टीबायोटिकरहित’ अण्डा उत्पादन हुने

नारायणगढ ।
पछिल्ला वर्षहरूमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित बनेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक उपायमार्फत रोग नियन्त्रण गरी अण्डा उत्पादन भइरहेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अधिकांश पोल्ट्री फार्महरूले अब एन्टीबायोटिक प्रयोग नगरेका छन् । उनले नवलपरासीस्थित दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरूपमा निषेध गरिएको उदाहरण प्रस्तुत गर्दै हाल खोप र जडिबुटीजन्य खुराकमार्फत रोग नियन्त्रण गर्ने गरिएको जानकारी दिए ।
पहिले दाना र पानीमा प्रयोग हुने एन्टीबायोटिक (एजीपी) रोकिएपछि अब कुखुरालाई भ्याक्सिन दिइने र खोरमा हर्बल सामग्री खुवाइने गरिएको छ । यसले अण्डामा कुनै अवशेष पुग्ने नगरी रोग नियन्त्रणमा मद्दत गर्ने दाहालको भनाइ छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि संघभित्रका फार्महरूले एन्टीबायोटिक प्रयोग नगरेको पुष्टि गर्दै गुणस्तरीय अण्डा उत्पादनमा जोड दिइएको बताए । उनका अनुसार, जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै भ्याक्सिन र हर्बल प्रयोगमार्फत सुरक्षित अण्डा उत्पादनलाई प्राथमिकता दिइएको छ ।
नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाउन वैकल्पिक उपाय अपनाइएको र नेपालमा उत्पादन हुने अण्डा सुरक्षित रहेको उल्लेख गरे । तर, सीमा क्षेत्रबाट आयात हुने अण्डाको गुणस्तरबारे भने अनिश्चितता रहेको उनको भनाइ छ ।
फिजिसियन डा. भोजराज अधिकारीले पनि कुखुराको रोग अण्डामा नजाने भएकाले एन्टीबायोटिकरहित अण्डा अझ स्वस्थकर हुने बताए । उनका अनुसार, मानव स्वास्थ्यका लागि अण्डा अझ उपयोगी बन्नेछ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया