मालुंगाको उत्तरबाहिनीमा गण्डकी र लुम्बिनीको समन्वयात्मक बैठक

पोखरा ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारबीचको समन्वयात्मक बैठक स्याङ्जाको मालुंगास्थित उत्तरबाहिनीमा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा भएको बैठकमा २ प्रदेशको सहकार्यमा गर्न सकिने योजनाहरु र अन्य सम्भाब्यताका बारेमा छलफल तथा निर्णय हुनेछ ।
यसअघि लुम्बिनीको आयोजनामा पाल्पाको रानीमहलमा गत वर्षको माघ ३० गते यस्तै बैठक भएको थियो । बैठकले २१ बुँदे साझा अवधारणा समेत सार्वजनिक गरेको थियो ।
बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारयण आचार्य, दुवै प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिलगायत सरोकारवालाको सहभागिता छ ।

यसअघिको बैठकमा लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति भएको थियो ।
संघीय सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अघि सारेको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्ने सहमति गरिएको थियो । सरकारले गत आवको बजेट वक्तव्यमार्फत एकीकृत विकासको अवधारणाअनुसार नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने घोषणा गरेको थियो । परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न रु दुई अर्ब विनियोजन गरिएको बजेट वक्तव्यमा घोषणा गरिएको थियो ।
नेपालको संविधानको धारा ५६ अनुसार राज्यशक्तिको बाँडफाँट, सङ्घीय ढाँचाको शासकीय अभ्यास तथा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गर्दै बैठक गरिएको हो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया