मेयर आचार्यसँग पोखरा २८ का जनताको गुनासो-बाँदर आतंक

समाधान संवाददाता २०८२ भदौ १६ गते १४:४७

पोखरा महानगरपालिका वडा नम्बर २८ का स्थानीयले मेयर धनराज आचार्यलाई भेटेर नियमित विद्युत् आपूर्ति, यातायात, कृषिजन्य उत्पादनको बजारीकरण, बाँदर आतंक र खानेपानी लगायतका समस्याबारे जानकारी गराएका छन् । मेयर आचार्यले पोखरा २८ वासीका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै क्रमशः समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले महानगरपालिकाको तर्फबाट हुने कार्य तत्काल अघि बढाउने र अन्य निकायहरूले गर्ने कार्यका सम्बन्धमा आवश्यक समन्वय गर्ने बताए । महानगरका ग्रामीण क्षेत्रहरूमा बाँदर लगायतको समस्या रहेकाले ती समस्या समाधानका लागि वन क्षेत्रमा फलफूलका बिरुवाहरू लगाउने र बाँदर धपाउन अन्य व्यवहारिक उपायहरू समेत अपनाउन उनले सुझाव दिए ।

Advertisement

विद्युत् नियमित आपूर्तिका लागि विद्युत् प्राधिकरणसँग समन्वय गर्ने र खानेपानीको नियमित आपूर्तिका लागि विशेष पहल गर्ने उनले बताए । कृषिजन्य उत्पादनको बजारीकरणका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सको सेवालाई विस्तार गरिने उनले जानकारी दिए । यातायात सेवाको नियमितताका लागि सम्बन्धित यातायात व्यवसायीहरूसँग समन्वय गरेर समस्याको समाधान गरिने उनले बताए । जनसरोकारका विषयमा आफू गम्भीर रहेको पनि उनले उल्लेख गरे ।

मेयरसँगको भेटपछि आफ्ना समस्याहरू समाधान हुने विश्वासमा रहेका स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया