सामसङको ‘दिन दिनै दसैं’ योजना

पोखरा ।
सामसङले दसैंलाई लक्ष्य गर्दै ‘दिन दिनै दसैं’ योजना सार्वजनिक गरेको छ । यो अफर सेप्टेम्बर १ देखि सेप्टेम्बर २८, २०२५ सम्म लागू हुनेछ । यस अवधिमा सामसङका नयाँ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने ग्राहकले हरेक दिन आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।
यस योजनाअन्तर्गत हरेक दिन एक भाग्यशाली विजेताले १ लाख रुपैयाँ बराबरको भाटभटेनी सपिङ भाउचर पाउनेछन् । अन्य १० जना विजेतालाई १० हजार रुपैयाँ बराबरको सपिङ भाउचर प्रदान गरिनेछ । यसरी अफर अवधिभर दैनिक ११ जना ग्राहकले उपहार जित्नेछन् । यी भाउचरहरू दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वका लागि आवश्यक सामान खरिद गर्न प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुन ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याब्लेटको सिरियल नम्बर टाइप गरी ‘सामसङ स्पेस सिरियल नम्बर’ लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ । ग्राहकले ‘८३०६३’ डायल गरेर आफ्नो सिरियल नम्बर सजिलै पत्ता लगाउन सक्नेछन् । एसएमएस पठाएपछि तत्कालै दर्ता भएको सन्देश प्राप्त हुनेछ ।
एमएक्स सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ‘दिन दिनै दसैं’ अफरमार्फत सामसङले आफ्ना ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको बताए । उनले यो अफरले दसैंको महत्वलाई आत्मसात् गर्नुका साथै सामसङ प्रयोगकर्ताको जीवनलाई थप समृद्ध बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
विजेताको सिरियल नम्बरको घोषणा सामसङ नेपालको आधिकारिक फेसबुक पेज र आईएमएस नेपालको फेसबुक पेजमा गरिनेछ । यो अफर सामसङका आधिकारिक बिक्रेता र इकमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया