शिक्षा विधेयकविरुद्ध निजी स्कुलको प्रदर्शन जारी

समाधान संवाददाता २०८२ भदौ १७ गते २०:१५

पोखरा ।
नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै उनीहरु आन्दोलित बनेका हुन् ।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेन र एनएएम संयुक्त रुपमा आन्दोलित छन् । यसैको विरोधमा सोमबार देशभरका निजी तथा आवसीय विद्यालयका बसहरु कालो झण्डा र कालो ब्यानरसहित सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरियो । कास्कीमा पनि निजी तथा आवासीय विद्यालयले संघीय शिक्षा ऐनको विरोधमा शान्तिपूर्ण विरोध स्वरुप विद्यालयका बसहरुलाई सडकमा गुडाएर प्रदर्शन गरे ।

संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्धमा शुक्रबार विद्यालयका वस सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरेको एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी बताउँछन् । कास्कीका रहेका निजी तथा आवसीय विद्यालयका बसहरुका पोखराका विभिन्न ठाउँमा परिक्रममा गरी विरोध प्रदर्शन गरेका थिए ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभर विरोध प्रदर्शन गरिएको हो । माग पूरा नभए विद्यालय बन्द गर्नेसम्मको आन्दोलन तय भएको छ । पूर्ण छात्रावृत्ति भन्ने शब्द हटाइनुपर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामग्रीहरु जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफमूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने माग निजी तथा आवसीय विद्यालयहरुको छ ।

Advertisement

छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरी वितरण गर्ने सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्तिसम्बन्धी ऐन २०२१ को दफा ३(क), नियमावली २०६० को नियम १०(क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्तिसम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संसोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको भएका ऐन नियमका दफाहरु खारेज गरिनुपर्ने माग उनीहरुको छ ।

Advertisement

तपाईको प्रतिक्रिया