म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

म्याग्दी ।
आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीका किसानहरुका लागि अनुदान वितरण गर्न चार करोड २३ लाख बजेट प्राप्त भएको छ ।
किसानलाई वितरणका लागि कृषि ज्ञान केन्द्रमा रुपैँया दुई करोड ९९ लाख २० हजार, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा रु एक करोड ६४ लाख र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामा रु एक करोड २४ लाख ४८ हजार बजेट बिनियोजन भएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आवेदन संकलनका लागि सूचना जारी गरेर कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ भने प्रदेश सरकारका कार्यालयहरु केही नयाँ कार्यक्रमहरुको कार्यबिधि आएपछि कार्यान्वयनको तयारी गरेका छन् । कार्यक्रमका प्रकृति अनुसार कुल लागतको ५० देखि ८५ प्रतिशत सम्म अनुदान पाउने कार्यबिधि छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिब बास्तोलाले यस वर्षको नयाँ कृषि उद्यम विकास कार्यक्रमलाई रु २५ लाख, लोकमार्ग/कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रर्वद्धन कार्यक्रमका लागि रु २० लाख, निर्यातजन्य कृषि वस्तु प्रर्वद्धन कार्यक्रमलाई रु १० लाख, विपद्बाट क्षति ब्यहोरेको कृषकलाई राहत दिन रु आठ लाख र ग्रामिण कृषि पर्यटन प्रर्वद्धन कार्यक्रमका लागि रु पाँच लाख बजेट प्राप्त भएको जानकारी दिए।
यसअघिको तीन वटा आर्थिक वर्षमा सञ्चालन भएको खायन आलु प्रर्वद्धन कार्यक्रम यस वर्ष हटेको छ । केन्द्रले गत वर्ष सञ्चालन गरेको कार्यक्रम मार्फत रु दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको थियो । कार्यक्रमहरुबाट एक हजार चार सय एक जना कृषक लाभान्वित भएका र विभिन्न तालिममा नौ सय ९९ जना सहभागी भएका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले चालु कार्यक्रम सञ्चालनका लागि रु एक करोड ६४ लाख बजेट प्राप्त भएको जानकारी दिए । कालीगण्डकी कोरिडोरमा केन्द्रित पशुपक्षी तथा मत्य उत्थान कार्यक्रमलाई रु २० लाख र विपद्बाट पशुधन क्षति भएका किसानलाई राहत दिन रु। १० लाख बजेट प्राप्त भएको जानकारी दिए ।
आर्थिक वर्ष २०८१ /८२ मा ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रम मार्फत रु ३८ लाख सत्तरी हजार ७५ अनुदान पाएका केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले बताए । पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार छ सय ५१ गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाइएको थियो ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत बिक्रम बस्यालले मुस्ताङ र म्याग्दीका कृषि उद्यमीहरुलाई अनुदान उपलब्ध गराउन रु। २०र२० लाख बजेट बिनियोजन भएको जानकारी दिए ।
पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु १६ लाख ६८ हजार र म्याग्दी जिल्लाभर कार्यक्षेत्र रहेको बंगुर जोनमा रु २९ लाख ९० हजार बजेट रहेको कृषि अधिकृत बस्यालले बताए । उनका अनुसार परियोजना मार्फत गत आर्थिक वर्षमा म्याग्दीका कृषकहरुले रु ९९ लाख अनुदान सुविधा पाएका छन् । रासस









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया