कालिका माविको अध्यक्षमा मोहन थापा

पोखरा ।
पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।
गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारी र वडा सदस्य दुर्गादेवी केसी थापाको उपस्थितिमा भएकाे अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरुको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् ।
समितिकाे सदस्यमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक छन् । सोही बैठकबाट पोखरा महानगरपालिका, शिक्षा नियमावलीको नियम २९ (ङ) बमोजिम स्थानीय बुद्धिजीवी, चन्दादातामध्येबाट लोकनाथ पौडेललाई सदस्यका रूपमा मनोनयन गरिएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र शिक्षक प्रतिनिधिमा मानकाजी विक छन् ।
थापाले विद्यालयमा भएका समस्याको समाधान गरी विद्यालयको चौतर्फी स्तर उन्नतिका लागि आफू लागिपर्ने प्रतिवद्धता जनाए । विद्यालय सबैको साझा सम्पत्ति भएको भन्दै उनले विद्यालयले विद्यार्थी खोज्दै जानुपर्ने अवस्थाबाट विद्यार्थीले विद्यालय खोज्दै आउने अवस्थामा पुर्याउने कार्ययोजना रहेको बताए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया