भरतपोखरीमा बाघमारा महोत्सव सुरु

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा बिहीबारदेखि महोत्सव सुरु भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा भएको महोत्सव पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुरुआत गरे ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले यो महोत्सवबाट अनुभव दिएर आगामी संस्करणका महोत्सवलाई भव्य बनाउनुपर्नेमा जोड दिए । महोत्सवले भरतपोखरीका जातजाति, भाषा, संस्कृतिको उत्थान गर्दै स्थानीय उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उनको भनाइ छ ।
पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न समुदाय र जनजातिलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउने जनाए । उनले स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर यसले प्रदान गर्ने उल्लेख गरे ।
क्लब अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य श्रीराम भुसाल, समाजसेवी केशरप्रसाद निर्दोषी, वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु र पत्रकार सन्दीप पौडेलले बोलेका थिए । महोत्सवमा विभिन्न वस्तु तथा सेवा, फेन्सी, गार्मेन्ट, भाँडा, कृषि, बैंक बित्तीय संस्था, रेष्टुरेण्ट लगायतका १ सयभन्दा बढी स्टल छन् ।
महोत्सवको रत्यौली प्रतियोगितातर्फ २४ समूह सहभागी छन् भने विद्यालयस्तरीय नृत्यसमेत हुने आयोजकले जनाएको छ । कार्यक्रममा कलाकार रामजी पौडेल लगायतको प्रस्तुति रह्यो ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया