बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण
समाधान संवाददाता
२०८२ भदौ २० गते १२:०६

दमौली (तनहुँ), २० भदौः भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ ।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिए ।
केन्द्रबाट भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् । अब यहाँका बासिन्दा अपायक बोमाटारमा स्वास्थ्य केन्द्र पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । रासस
सम्बन्धित






‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया