गजलकार शिव त्रिपाठीको ‘घरको न घाटको पार्छ प्रेमले’ सार्वजनिक
समाधान संवाददाता
२०८२ भदौ २० गते १५:१०

पोखरा । पोखरेली गजलकार शिव त्रिपाठीको गजल गायन ‘घरको न घाटको पार्छ प्रेमले’ सार्वजनिक भएको छ।
साहित्यका विभिन्न विधामा कलम चलाउन सफल त्रिपाठीको शब्द, संगीत र स्वर रहेको गजल शिव त्रिपाठी युट्युब च्यानलमा बिहिबार सार्वजनिक भएको हो । प्रेममा परेका जोडिको जीवनमा आउने उतार चढावलाई गजलका माध्यमबाट प्रस्तुत गरिएको छ। युवा पुस्ताले निकै रुचाउने अपेक्षा गरिएको सो गजल सार्वजनिक भएको केही घण्टामा नै लोकप्रिय बनेको छ ।
पोखराको एच वाई डि रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको सो गजलको संगीत संयोजन केशवराज आचार्य र भिडियोको छायांकन तथा सम्पादन शशिधर वरालले गरेका हुन्।प्रेम भावका शब्द चयनमा माहिर त्रिपाठीका मन्दिर पनि हजुरलाई ,तिम्रो मेरो प्रेम यात्रा लगायतका दर्जनौ गीत चर्चित रहेका छन्।
सम्बन्धित








महिला उद्यमशीलता र सशक्तीकरण अभियन्ता रामकली खड्का
६ दशकको निर्भीक पत्रकारिताका साधक तिलकमान गुभाजू
पोखराको गौरवः बहुआयामिक साहित्यकार तीर्थ श्रेष्ठलाई पोखरा रत्न सम्मान
१०४ वर्षीय झ्याउरी र काशीनाथ बने पोखरा महानगरका ‘मातापिता’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया