कुमुदिनीमा नेपाली भाषा कौशल प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रबार वार्षिक कार्यतालिका अनुसार नेपाली भाषा कौशल प्रतियोगिता भएको छ ।
आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठको अध्यक्षतामा भएको पहिलो चरणको आधारभूत तह (६–८) अन्तर्गतको कार्यक्रममा यति सदनका आदित्य खत्री, श्रद्धा केसी, एन्जिला ढकाल र एलिस आउजीको समूह प्रथम र गुँरास सदनका रियाना लामिछाने, चाहना आचार्य, नस्बिना गौतम र रबिना महतराको समूह द्वितीय बने ।
दोस्रो चरणको माध्यमिक तह (९ र १० ) अन्तर्गतको कार्यक्रम सहप्राचार्य मुकेशकुमार अधिकारीको अध्यक्षता भएको थियो । डाँफे सदनका ओजस्वी भुजेल, सक्षम गैह्रे र दिव्या आचार्यको समूह प्रथम र गुराँस सदनकै प्रसिद्धि थापा, प्रतीक पौडेल र विज्ञान सुवेदीको समूह द्वितीय ठहरिए ।
विद्यार्थीमा भाषिक सीपहरू सुनाइ, बोलाइ र लेखाइ तिनै तहको विकासका लागि भाषा कौशल कार्यक्रमको आयोजना गरिएको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दीपेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा नेपाली विषय शिक्षकहरू उमा पोख्रेल, दीपक केसी र सुरेन्द्र सदिच्छा निर्णायक थिए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया