रेडक्रस गण्डकीको मनोसामाजिक तालिम

पोखरा । नेपाल रेडकस सोसाइटी गण्डकीले मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोग र संरक्षण, लैंगिक तथा समावेशीकरण, आत्महत्या रोकथाम र डेंगीरोगसम्बन्धी अभिमुखीकरण आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) सहयोगमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका पदाधिकारी तथा सदस्य, जिल्ला शाखाका अध्यक्ष र लैंगिक तथा सामाजिक समितिका संयोजकहरुको सहभागिता छ । कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका अध्यक्ष सूर्यप्रसाद ढकालले आत्महत्या रोकथाम तथा नियन्त्रण, रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम अधिकृत दीपक पोखरेलले मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोग, लैंगिक र समावेशीकरण र डेंगीरोग नियन्त्रणबारे सहजीकरण गरे ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक नन्दप्रसाद न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन, मानवीय सेवा केन्द्रबिन्दुमा राखेर देशव्यापी रुपमा काम गरेको बताए । उनले सबै रेडक्रसकर्मीले ७ सिद्धान्तलाई अन्तर मनदेखि पालना गर्नुपर्ने सुझाव दिए । ‘पवित्र सामाजिक संस्था रेडक्रसले निश्चित दल विशेष, सानो ठूलो भनेर हेर्दैन,’ उनले भने, ‘विशुद्ध रुपमा मानवीय सेवा गर्ने रेडक्रस सामाजिक काममा समर्पित छ ।’
उनले गण्डकी प्रदेशका आर्थिक सहयोगमा रेडक्रसले रक्त सञ्चार सेवालाई निशुल्क गरेको जनाए । उनले विपद् व्यवस्थापन र मानवीय सेवामा प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्न सुझाव दिए । उनले केन्द्रको गतिविधिले देशभारका रेडक्रसको कामलाई असर परेको चर्चा गरे । जिम्मेवारी पदमा रहेका व्यक्तिको नियत बेठिक भए सबै क्षेत्रमा प्रभाव पार्ने दाबी गर्दै उनले रेडक्रसकर्मीलाई लोभ र मोह त्याग्न सुझाव दिए । उनले केन्द्र असफल हुनु नेपालकै लागि दुर्भाग्य हुने टिप्पणी गरे ।
नेपाल रेडक्रस सोसाइटी गण्डकी अध्यक्ष ढकालले विद्यमान केन्द्रको परिस्थितिको बारेमा सबै जिल्ला र प्रदेशको साझा धारणा बनाउन पर्ने बताए । उनले केन्द्र असफल भएमा लाखौं स्वयं सेवक परिचालन गर्नमा चुक्ने उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशमा महासचिव रामजी पौडेलले रेडक्रसलाई जोगाउन सरोकारवालाको साझा धारणा आवश्यक रहेको उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ सभापति प्राडा कृष्णप्रसाद गौतमले रेडक्रस केन्द्रमा जे नहुन पर्ने थियो, त्यही भएको बताए । पूर्व केन्द्रीय सदस्यसमेत रहेका गौतमले केन्द्रलाई सही मार्गमा हिडाउन नसकेको स्वीकार गरे । केन्द्रका प्रस्तावित मस्यौदामा जिल्लालाई समन्वय समितिको रुपमा रुपान्तरण गर्ने प्रस्तावलाई मान्न नसकिने जानकारी दिदै उनले त्यस्तो भएमा सबै जिल्लाले प्रतिकार्य गर्ने चेतावनी दिए ।
रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम अधिकृत पोखरेलले रेडक्रसले मनोसामाजिक मुद्दालाई सम्बोधन गर्न विशेष रुपमा डिजाइन गरिएका कार्यक्रममार्फत प्रदान गर्ने जानकारी दिए । उनले रेडक्रस केन्द्रले पर्साको वीरगञ्ज, बारा रौतहट र सर्लाही आसपासको क्षेत्रको हैजा नियन्त्रणमा सारा ध्यान केन्द्रीत गरेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश उपाध्यक्ष फूलमाया गुरुङ, महासचिव हरिदत्त पौडेल, उपमहासचिव कृष्णचन्द्र पाण्डे, कास्की सभापति उर्मिला खड्का भण्डारी लगायतले बोलेका थिए ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया