हिलसाइड स्काउट ट्रुपलाई तालिम

पोखरा । मालेपाटन स्थित हिलसाइड स्काउट ट्रुपले मिलन स्काउट क्रुको व्यवस्थापनमा प्रदेश स्काउट कार्यालयमा २ दिवसीय पेट्रोल लिडर प्रशिक्षण शिविर तथा क्याम्प आइतबार सकिएको छ । शिक्षक मीनप्रसाद सुवेदी र शिक्षिका सोनिका कँडेलको समन्वयमा भएको कार्यक्रममा ७० जनाको सहभागिता रह्यो ।
क्याम्पमा प्रशिक्षक अमृत पुन, प्रतीक्षा मल्ल ठकुरी, सोनिका कँडेल, प्रतीक्षा खनाल लगायतकाले विविध सत्र सञ्चालन गरे । सहभागीले स्काउटको इतिहास, ध्येय, नियम र प्रतिज्ञाबारे जानकारी प्राप्त गर्नुका साथै समूहगत नेतृत्व, समय व्यवस्थापन, आपतकालीन अवस्थामा उपयोग हुने सीप, प्राथमिक उपचार, वातावरण संरक्षण, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व जस्ता जीवनोपयोगी विषय सिक्ने अवसर पाए ।
स्काउट अभियानले ‘कर्तव्य, अनुशासन र सेवा’लाई मुख्य सन्देशका रूपमा लिएको छ । यस क्याम्पमार्फत विद्यार्थीमा ‘सदा तयार रहनू’ भन्ने मूल मन्त्र आत्मसात् गर्ने वातावरण बनेको छ । सहभागीहरूले व्यावहारिक गतिविधिमार्फत एकअर्कासँग सहयोग गर्ने, कठिनाइमा धैर्य गर्ने र समाजमा सकारात्मक योगदान दिने भावनालाई बलियो बनाएको जनाएका छन् ।
कार्यक्रममा सहभागी विभिन्न सामूहिक अभ्यास, गीत–संगीत, समूह खेल र छलफल जस्ता गतिविधिमा संलग्न भए । कार्यक्रमपछि उनीहरुले यस्ता क्याम्पले विद्यार्थीलाई पुस्तक बाहिरको शिक्षासँगै व्यवहारिक जीवन सिप सिकाउने भएकाले निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा ११ विद्यार्थीलाई दीक्षान्त गरिएको थियो ।






औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया