लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृत्व : जानुका पराजुलीको प्यानलको बहुमतसहित विजय

लेखनाथ । पोखराको लेखनाथ क्षेत्रका उद्योगी–व्यवसायीहरूको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको १५औँ अधिवेशन ऐतिहासिक बन्न पुगेको छ। यसपटक पहिलोपटक महिला नेतृत्वले संघको अध्यक्षता पाएको छ। संघमा लामो समयदेखि सक्रिय जानुका पराजुली अधिकारीले अध्यक्ष पदमा निर्वाचित हुँदै संघको नेतृत्व सम्हालेकी हुन्।
शनिबार सम्पन्न निर्वाचनमा जानुकाले ९९६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी तथा तत्कालीन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई ८३३ मतमा सीमित पारिन्। यसअघि महासचिवको जिम्मेवारी सम्हालिसकेकी पराजुलीले यो पटक १६३ मतको फराकिलो अन्तरसहित जित हासिल गरिन्।
अध्यक्षसहित जानुका पराजुलीको प्यानलले सबै पदमा ‘क्लिन स्विप’ गर्दै पूर्ण विजय हासिल गरेको छ। प्रारम्भमा मिश्रित नतिजाको अड्कल गरिए पनि अन्ततः सबै पदमा पराजुली प्यानलले जित निकालेको हो।
निर्वाचित पदाधिकारीहरूको विवरण
- वरिष्ठ उपाध्यक्ष : गोपिचन्द्र बाँस्तोला (९६६ मत)
- प्रथम उपाध्यक्ष : विक्रम कर्माचार्य (११५० मत)
- द्वितीय उपाध्यक्ष : ध्रुवबाबु भट्टराई (१२१८ मत)
- महासचिव : भरतराज ओझा (९५५ मत)
- उपमहासचिव : गंगा मल्ल (१०६६ मत)
- कोषाध्यक्ष : हरी बस्ताकोटी (१०२७ मत)
सदस्यतर्फको परिणाम
खुला सदस्यमा निर्वाचित:
- सुजन न्यौपाने (१०७२)
- प्रतिक्षा रानाभाट (१०४०)
- भविन्द्र पुन (१०३६)
- बिरेन्द्रराज भुर्तेल (९७७)
- दिपक अधिकारी (९६०)
- प्रभा पौडेल लामिछाने (९४४)
- कृष्णप्रसाद तिमिल्सिना (८८३)
- सन्दिप बुढाथोकी (८८३)
महिला सदस्यमा:
- शर्मिला श्रेष्ठ (११८४)
- गंगा सापकोटा परियार (९१०)
(सपना सुवेदी ९०७ मत पाएर ३ मतको अन्तरले पराजित)
एसोसिएट सदस्य: दयाराज भण्डारी (२७ मतसहित विजयी)
संस्थागत सदस्य: विरभद्र कंडेल (निर्विरोध निर्वाचित)
पराजित प्यानलको प्रदर्शन
- भीमप्रसाद सुवेदी (५११)
- घनश्याम ढुंगाना (६८८)
- किशोर अधिकारी (७१५)
- कृष्णप्रसाद सुवेदी (८५७)
- नवराज पौडेल (८७८)
- सन्तोष हमाल (५००)
- सुरेन्द्र गुरुङ (७११)
- शिबराज अधिकारी (६२७)







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया