पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी अध्यक्षमा एनकुमार साई

पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्षमा एन कुमार साई विजयी भए। उनले ६०८ मत प्राप्त गर्दै प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई ८४ मत अन्तरले पराजित गरे। श्रेष्ठले ५२४ मत पाए।
सञ्चालक पदतर्फ हेमन्त मल्ल ८४० मतसहित सर्वाधिक मत ल्याउँदै विजयी भए। त्यस्तै जय प्रसाद शर्मा र मेघराज त्रिपाठी दुवै ७२३–७२३ मत पाएर निर्वाचित भए। अशोककुमार चौधरी (६८० मत), कृष्णप्रसाद पौडेल (६५९ मत), जसबहादुर गुरुङ (६२४ मत), बाबुराम दवाडी ‘साइँला’ (६१५ मत), ज्ञानबहादुर केसी ‘ज्ञानु सर’ (५६६ मत), काशी शर्मा न्यौपाने (रामु) (५३६ मत) र लक्ष्मीप्रसाद पौडेल (५३४ मत) पनि सञ्चालकमा चयन भए।
क्षेत्रीय संयोजकमा बेशीशहरका बुद्धिप्रसाद घिमिरे र धौलागिरीका इन्द्रप्रसाद गुरुङ विजयी भए। यस्तै क्षेत्रीय सदस्यमा खोमबहादुर थापा, रामप्रसाद भट्ट, विक्रम थापा, चिरञ्जिवि रेग्मी, भानुभक्त न्यौपाने, सुमनकुमार श्रेष्ठ र सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए।
निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर केसी रहेका थिए। नयाँ नेतृत्वले आगामी कार्यकालमा बस व्यवसायलाई अझ सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार थापाले जानकारी दिए।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया