काठमाडौंमा जेन जी प्रदर्शनमा गोली लागेर १ जनाको मृत्यु

काठमाडौं ।
नयाँबानेश्वरमा भएको ‘जेन-जी’ प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो। मृतकको परिचय खुल्न बाँकी छ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, अस्पतालमा उपचाररत अन्य ७० देखि ८० जना घाइते प्रदर्शनकारी छन्। सोमबार दिउँसो बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए।
प्रदर्शनकारीहरू बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद भवनभित्र पसेपछि अवस्था थप तनावपूर्ण बनेको थियो। प्रहरीले भीड नियन्त्रणका लागि पानीको फोहोरा, अश्रुग्यास र गोली चलाएको थियो। घाइतेहरूको सिभिल, एभरेस्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मोहनचन्द्र रेग्मी, सिभिल अस्पतालका कार्यकारी निर्देशकले बताए, ‘एक जनाको मृत्यु भएको छ। अस्पतालभित्र दर्जनौं घाइते छन्। ठाउँ व्यवस्थापन गर्न गाह्रो भएको छ। अन्त पठाउनेबारे मिलाउँदैछौँ।’
सरकारले लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन-जी’ हरू सडकमा उत्रिएका हुन्। काठमाडौँलगायत देशका मुख्य सहरहरूमा विरोध प्रदर्शन भइरहेको छ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया