गण्डकी मुख्यमन्त्री कार्यालयमा जेन जीको आगजनी प्रयास
समाधान संवाददाता
२०८२ भदौ २३ गते १४:३५

पोखरा ।
गण्डकी प्रदेशस्थित मुख्यमन्त्री कार्यालयमा जेन जी आन्दोलनकारीले आज आगजनीको प्रयास गरेका छन् । यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको मुठभेडले स्थिति तनावपूर्ण बनेको छ ।
आगजनीको प्रयासपछि प्रहरीले बल प्रयोग गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो ।
आक्रमणकारीको प्रहारले मुख्यमन्त्री कार्यालय भवनका झ्यालका सिसा फुटेका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय प्रदेश प्रहरी कार्यालयको सामन्ने नै छ ।

सम्बन्धित







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया