गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडपछि पोखरामा दर्जनभन्दा बढी पक्राउ

समाधान संवाददाता २०८२ भदौ २३ गते १७:५८
फाइल तस्बिर

पोखरा

Advertisement

कास्कीमा २० जना प्रदर्शनकारी पक्राउ परेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जी युवाहरूलाई प्रहरीले पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

आन्दोलनकारी युवाहरू मुख्यमन्त्री कार्यालय पुगेपछि प्रहरीसँग मुठभेड भएको थियो । प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्याससँगै पानीको फोहरा प्रहार गरेको थियो । यस घटनापछि कास्की जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा पोखराको सभागृहबाट सुरु भएको यो आन्दोलन विभिन्न स्थान हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय र सहिदचोकसम्म पुगेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया