विश्वदर्शन पराजुलीले एमालेको साधारण सदस्यता र सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको घोषणा

पोखरा । युवा नेता विश्वदर्शन पराजुलीले नेकपा (एमाले) को साधारण सदस्यता र पार्टीका सबै सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘यतिबेला पारिवारिक दुःखमा सुनवलमा छु’ भन्दै आफ्नो राजनीतिक यात्राको अन्त्य र पार्टी परित्यागको जानकारी गराएका हुन्।
पराजुलीले आफ्नो पार्टी र पार्टीले नेतृत्व गरेको सरकारले ‘जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिनँ’ भन्दै राजीनामाको कारण स्पष्ट पारेका छन्। उनले २०६५ सालदेखि बुझाएको पार्टी सदस्यता शुल्क केही लोभियापी सिनियरहरूले खाइदिएपछि २०७१ सालदेखि लिएको आफ्नो पार्टी सदस्यता ११ वर्ष पुगेको बताएका छन्। यस्तै, २०६७ सालदेखि प्रत्यक्ष राजनीतिमा १५ वर्ष टेकेको पनि उनले उल्लेख गरेका छन्।
आफ्नो राजनीतिक यात्रामा साथ र सहयोग दिने सम्पूर्णलाई धन्यवाद दिँदै पराजुलीले पार्टीभित्रका तमाम इमान्दार र योग्य अनुज, सहपाठी र अग्रज नेता कार्यकर्तालाई समेत सम्बोधन गरेका छन्। उनले १४ वर्षको राजनीतिक यात्रामा पार्टी र सरकारबाट कुनै लाभ नलिएको तथा कुनै व्यक्ति वा संस्थाबाट १ रुपैयाँ पनि चन्दा नलिएको दाबी गरेका छन्।
‘म एक कार्यकर्ताले जति दिई पार्टीलाई दिएँ अब देशलाई दिने विचारका साथ आजैका मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको मेरो सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु!’ पराजुलीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्। यस घोषणासँगै उनले एमालेसँगको आफ्नो लामो आबद्धतालाई टुङ्ग्याएका छन्। उनी नेकपा एमाले निकट अखिलका प्रदेश सहसंयोजक हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया