बाल कल्याण संस्थाको सामाजिक परीक्षण

समाधान संवाददाता २०८२ भदौ २३ गते २०:०२

पोखरा । पोखरा १८ सेतीबगर हाइटमा रहेको बाल कल्याण संस्था पोखरा १८ को २४ औं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम भएको छ ।

गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले सामाजिक संघ, संस्थाले बाल बालिकाको संरक्षण र विकासको क्षेत्रमा काम भएको बताए । उनले बालबालिकाको संरक्षणका लागि सरोकारवाला निकायहरु एकाकार भएर काम गर्नुपर्नेमा जोड दिए ।

संस्थाले असहाय तथा विपन्न बालबालिकालाई आवासीय सुविधा दिए शिक्षा प्रदान गरेको उल्लेख गर्दै उनले राज्यका निकायले गर्नुपर्ने काम सामाजिक संघ, संस्थाले गरेको चर्चा गरे ।

Advertisement

बाल कल्याण संस्थाका कार्यकारी निर्देशक विजयकुमार प्रधानले २२ जिल्लाका ४ देखि १८ वर्षसम्मका अभिभावक विहीन ३५ बालबालिकालाई आवासीय सुविधासहित शिक्षा, स्वास्थ्यको सुविधा सहित आत्म निर्भर र स्वरोजगार बन्न सहयोग गरेको जानकारी दिए ।


उनले ९० जना बालबालिकालाई पारिवारिक संरक्षणमा सहयोग गरेको उल्लेख गरे । उनले संस्थालाई आत्मनिर्भर बनाउने क्रममा अर्गानिक तरकारी खेती, गाई फारम, सोलार सञ्चालन गरेको बताए ।

Advertisement

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख सहसचिव नीतु गर्तौला, जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा महानगरपालिकाका सामाजिक महाशाखा निर्देशक निर्मला शर्मा, जिल्ला प्रहरी कार्यालय महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक सरला ढकाल, राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद बाग्ले, पत्रकार दीपेन्द्र श्रेष्ठ, बाल कल्याण संस्थाका उपाध्यक्ष वसन्त सुवेदी, कार्यक्रम अधिकृत प्रकाश गिरी लगायतले बाल अधिकारका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया