१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालै सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै बन्द रहेका सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आइसकेका छन् । तर मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारले कुनै पश्चाताप नराखेको बताए । उनका शब्दमा, “यही विषयलाई बहाना बनाएर आन्दोलन चर्किएपछि सामाजिक सञ्जाल खोल्ने निर्णय गरिएको हो ।”
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित सामाजिक सञ्जालमध्ये एक्सले नेपालको राष्ट्रिय स्वाभिमानलाई बेवास्ता गर्दै सूचीकरण नगर्ने अडान लिएको जानकारी गराएको एक मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले भनेका थिए, “डेढ वर्षदेखि भनिरहेका थियौं, नेपालको कानुन मान भनेका थियौं । तर राष्ट्रको अपमान हुनेगरी जवाफ आयो । सामाजिक सञ्जालमाथि यसरी हावी हुने अभ्यास सह्य हुँदैन ।”
सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जना गरी १९ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्ता गठबन्धनभित्रै दबाब बढेपछि सरकारले अन्ततः सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिएको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया