बागलुङमा पनि निषेधाज्ञा जारी
समाधान संवाददाता
२०८२ भदौ २५ गते १४:३६

ढोरपाटन ।
जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क र ख बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नु भएको हो ।
बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट नगरपालिका– ३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका–१, २ र ३ मा कफ्र्यू आदेश जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिए ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यकम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारवाही हुने विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया