लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो : मानव अधिकार आयोग

पोखरा । राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने स्पष्ट पार्दै हिंसात्मक गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ ।
आयोगले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरमा दुई दिनसम्म चलेको प्रदर्शनपछि जारी निषेधाज्ञाको क्रममा मानव अधिकारको अवस्था, मृतकका परिवार र घाइतेहरूको अवस्थाबारे निरन्तर अध्ययन र अनुगमन भइरहेको जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकारम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ ।”
आयोगले आगामी दिनमा यस्ता घटना दोहोरिने छैनन् भन्ने विश्वास व्यक्त गर्दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न–नगराउन आह्वान गरेको छ ।
साथै, संकटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकले सकारात्मक र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सम्बद्ध सबैलाई आफ्नो जिम्मेवारी पूरा गर्न आयोगले अनुरोध गरेको छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया