कास्कीका निजी विद्यालय आज र भोलि पनि बन्द रहने, आन्दोलनका कारण शैक्षिक गतिविधि प्रभावित

पोखरा ।
नेपालमा जारी आन्दोलन र त्यसबाट सिर्जित असहज परिस्थितिका कारण कास्की जिल्लाका संस्थागत विद्यालयहरू आज (भदौ २६ गते) र भोलि (भदौ २७ गते) पनि बन्द रहने भएका छन्। सार्वजनिक यातायात तथा बजार बन्द लगायतका कारण विद्यार्थी र शिक्षकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।
मन्टेश्वरी एसोसिएसन, कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी र प्याब्सन, कास्की अध्यक्ष षडानन्द गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त जानकारी गराइएको हो ।
विद्यालय सञ्चालकहरूले अभिभावकहरूलाई जारी गरेको विशेष सूचनामा भनिएको छ, “देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी रहेको, सार्वजनिक यातायात र बजार बन्द रहेको र विद्यमान अन्योलका कारण सुरक्षा व्यवस्थाबारे ढुक्क हुन नसकिएकाले भदौ २५ र २६ गते थप दुई दिन विद्यालय बन्द गरी अनुकूल वातावरणको प्रतीक्षा गर्ने निर्णय भएको कुरा सूचित गर्दछौं।”
वर्तमान विषम परिस्थितिमा बालबालिकाको पठनपाठनमा भएको नोक्सानी कम गर्न स्थिति सामान्य भएपछि योजना बनाई कार्यान्वयन गरिने विद्यालयहरूले जनाएका छन्। यसका लागि आम अभिभावक, नागरिक समाज, शिक्षा प्रशासन र अन्य सरोकारवालाहरूसँग परामर्श गरिनेछ।
विद्यालयका प्रतिनिधिहरूले देशमा वैधानिक नेतृत्व प्राप्त भई समाजमा अमनचयन कायम हुने कुरामा आशावादी हुँदै सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छन्। सूचनामा विद्यार्थीहरूको सुरक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि अभिभावकहरूलाई अपील गरिएको छ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया