गभर्नर विश्व पौडेलको गुनासो – ‘म कसैसँग एक रुपैयाँ लिएको छैन, रिस वृद्ध आमाबाबुको घरमा पोखियो’

पोखरा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले जीवनमा कसैसँग एक रुपैयाँ नलिए पनि प्रदर्शनकारीहरूको रिस आफ्ना वृद्ध आमाबाबु बस्ने चितवनस्थित घरमा पोखिएको गुनासो गरेका छन् ।
चितवनको घरमा भएको आक्रमणको भिडियो सार्वजनिक गर्दै उनले ८२ वर्षीया मुटुको अपरेसन गरेकी आमाको कोठामै पहिलो प्रहार भएको बताए । पौडेलका अनुसार उनका बुबा अहिले ८७ वर्षका भएका छन् र ६७ वर्षअघि चितवन झरेका थिए ।
‘यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हप्ता एक छाक भएपनि बाआमासँग खाना खान पुग्थेँ,’ उनले लेखेका छन् । उनले जीवनभर कसैसँग पैसा नलिएको उल्लेख गर्दै आफ्नो शैक्षिक यात्रा सम्झिएका छन् ।
‘चितवनमा सधैँ कक्षामा फस्ट हुन्थेँ। गाउँकै विद्यालयमा पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ, म नेपालमै बस्ने निर्णय गरेर केयुमा प्राध्यापक बनेँ। यो घर विद्यार्थी हुँदा १५ वर्षअघि नै बनेको हो,’ उनले प्रष्ट पारेका छन् ।
पौडेलले थपे, ‘मेरो रिस मेरो भैंसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।’









एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया