कांग्रेस सभापति देउवा दम्पति खतरामुक्त, सुरक्षित स्थानमा उपचार जारी
समाधान संवाददाता
२०८२ भदौ २६ गते ७:१६

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ । उनी र पत्नी आरजुलाई सुरक्षित स्थानमा राखेर उपचार भइरहेको शेरबहादुरका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
मंगलबार जेनजी प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा उनको शरीर रगताम्मे देखिएको छ ।
सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको भए पनि त्यसपछि अन्यत्र सुरक्षित स्थानमा सारेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ ।
सरकारका एक उच्च अधिकारीका अनुसार देउवाको स्वास्थ्य अवस्था स्थिर छ र उनी खतरामुक्त छन् । उनकी पत्नी आरजु राणा देउवा पनि सुरक्षित स्थानमा रहेको जनाइएको छ ।
सम्बन्धित








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया