जेनजीका माग संविधान र संसदीय प्रक्रियाबाटै पूरा गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रै पूरा गर्न सकिने बताएका छन् ।
बिहीबार सचिवालयमार्फत जारी विज्ञप्तिमा अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनको एजेन्डा लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र मात्रै हो, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो। जेनजी पुस्ताको माग संसद् विघटनतर्फ होइन, संविधान र प्रक्रियाभित्रै पूरा गर्न सकिने खालको छ भन्नेमा हामी विश्वस्त छौँ।”
उनले संविधानमार्फत दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिमलगायत उत्पीडित वर्ग र समुदायको अधिकार सुनिश्चित गरिएको उल्लेख गर्दै सिंहदरबारमा केन्द्रित अधिकार गाउँसम्म पुगेको उपलब्धि स्मरण गर्नुपर्ने बताए ।
प्रचण्डले जेनजी आन्दोलनले यथास्थिति र तदर्थ शासन प्रणालीको सट्टा उन्नत लोकतन्त्रको माग गरेको तर आन्दोलनभित्र घुसेका प्रतिगामी तत्वले आगजनी, तोडफोड र विध्वंसमार्फत उपलब्धि उल्ट्याउन खोजेको आरोप लगाए ।
उनले अहिलेको असामान्य परिस्थिति ओली नेतृत्वको सरकारकै कारण सिर्जना भएको दाबी गर्दै भने, “युवाहरूको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठूलो मानवीय क्षति भयो।”
संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार लगायत संरचनामाथि भएका आक्रमण जेनजी आन्दोलनकारीबाट नभएको प्रष्ट पार्दै प्रचण्डले ती घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरेका छन् ।
उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री नबन्ने व्यवस्था तथा उच्चपदस्थ नेताको सम्पत्ति छानबिन गर्ने अधिकारसम्पन्न आयोग गठन गर्ने जस्ता मुद्दा माओवादी केन्द्रले लामो समयदेखि उठाउँदै आएको र जेनजी पुस्ताले पनि त्यही माग दोहोर्याएको उल्लेखनीय छ ।
“जेनजी पुस्ताले यिनै मुलभूत मुद्दा लिएर आन्दोलनमा उत्रिनु गर्वको विषय हो,” प्रचण्डले भनेका छन्, “तर आन्दोलनमा अवाञ्छित घुसपैठपछि सिंहदरबारलगायत संरचनामा भएको आगजनी र लूटपाट भने जेनजी पुस्ताको घोषित नीति र आदर्शसँग मेल खाने कुरा होइन।”







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया