पोखरामा आगलागीमा ज्यान गुमाउने दुई महिलाको पहिचान खुल्यो

पोखरा ।
जेनजी आन्दोलनका क्रममा पोखरामा निजी व्यावसायिक संस्थामा लागेको आगोमा ज्यान गुमाउने दुई महिलाको पहिचान खुलेको छ । कास्की प्रहरीले लेकसाइड र नयाँबजारमा जलेको अवस्थामा भेटिएका शवको पहिचान सार्वजनिक गरेको हो ।
लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा भेटिएको शव २६ वर्षीया स्वास्थ्यानी खड्काको भएको प्रहरीले पुष्टि गरेको छ । उनी पोखराकै एक स्पामा काम गर्थिन् । प्रहरीले जनाए अनुसार भवनभित्रै रहेका बेला प्रदर्शनकारीले आगजनी गरेपछि उनको जलेर मृत्यु भएको हो । स्वास्थ्यानीको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ रहेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, नयाँबजारमा भेटिएको अर्को शव ३५ वर्षीया सञ्जु नगरकोटीको भएको प्रहरीले जनाएको छ । उनले गत असार १ गतेदेखि मात्रै नयाँबजारको सोरूममा काम गर्न थालेकी थिइन् । त्यसअघि उनी घरेलु कामदारको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । सञ्जुको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि उनको पालिका र वडा भने अझै निश्चित हुन सकेको छैन ।
प्रहरीले दुवै जनाको मृत्यु मंगलबार प्रदर्शनकारीले लगाएको आगोका कारण भएको जानकारी दिएको छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया