आगजनीबाट कार्यालय जलेपछि पोखरा महानगरको सेवा ठप्प

पोखरा ।
जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र प्रशासनिक अवरोधका कारण पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बिहीबार एक सूचना जारी गर्दै नगरकार्यपालिका र वडा कार्यालयहरूमा भएको क्षति र जिल्लाभर कर्फ्यू आदेश जारी भइसकेको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्म अत्यावश्यक सेवा मात्र सञ्चालन हुने जानकारी दिएका छन् ।
सूचनामा भनिएको छ, ‘आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरूमा क्षति पुगेको छ । उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै र जिल्ला प्रशासन कार्यालय कास्कीले कर्फ्यू आदेश जारी गरिसकेको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नआएसम्म महानगर र वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द रहनेछ ।’
महानगरले स्वास्थ्य, सरसफाइ, खानेपानी जस्ता तत्काल आवश्यक पर्ने सेवा भने निरन्तर रहने स्पष्ट पारेको छ । अन्य साधारण प्रशासनिक कार्य र सार्वजनिक सेवाहरू भने अस्थायी रूपमा रोकिएका छन् ।









पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया