कठिन समयमा उच्च मनोबलका साथ शान्ति सुरक्षामा खटिनुहोस् : आइजिपी खापुङ

पोखरा ।
प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले कठिन अवस्थामा अझ उच्च मनोबल र साहसका साथ शान्ति सुरक्षामा जुट्न सम्पूर्ण प्रहरीलाई निर्देशन दिएका छन् । बिहीबार भिडियो सन्देशमार्फत उनले मानिसको वास्तविक पहिचान कठिन समयमा नै हुने भन्दै व्यावसायिक निष्ठा र कर्तव्यपरायणताले नागरिकमा विश्वास जगाउने उल्लेख गरे ।
आइजिपी खापुङले प्रहरी संरचना क्षतविक्षत भएको, पोसाक जलेको, जीवनभरको कमाइ खरानी बनेको यथार्थ स्वीकार्दै पनि आफ्नो कर्तव्य सम्झेर साहसपूर्वक खटिरहेका प्रहरी सदस्यहरूप्रति गर्व व्यक्त गरे । “यो युगीन जिम्मेवारीको घडीमा हिजोभन्दा आज थप उच्च मनोबलका साथ जुट्न सबै प्रहरीलाई आग्रह गर्दछु,” उनले भने ।
पूर्वसुरक्षा प्रमुखहरूको अपिल : जिम्मेवार बन्न सबैलाई आग्रह
यसैबीच, नेपाल प्रहरी र सशस्त्र प्रहरीलेका पूर्वमहानिरीक्षकसहितका सुरक्षाकर्मीहरूले संयुक्त वक्तव्य जारी गरी कानुनी शासन पुनस्र्थापनाको राष्ट्रिय दायित्वमा एकाकार भई सुरक्षा निकायलाई साथ दिने प्रतिबद्धता जनाएका छन् ।
पूर्वसुरक्षा प्रमुखहरूले इतिहासको निर्णायक घडीमा जिम्मेवार बन्न सबैलाई आह्वान गर्दै राज्यका कामकारबाहीविरुद्ध उठेका आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले विस्फोटक परिस्थिति निम्त्याउने चेतावनी दिएका छन् । साथै, गुम्सिएको जनआक्रोश एकाएक विस्फोटक बन्न सक्ने यथार्थलाई भुल्न नहुने महत्वपूर्ण पाठ भविष्यका लागि ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया