संवैधानिक सर्वोच्चता कायम गर्दै जेन जीको माग सम्बोधन गर्न कास्की कांग्रेसको माग

समाधान संवाददाता २०८२ भदौ २७ गते १४:११

पोखरा । संवैधानिक सर्वोच्चता कायम गर्दै जेन जीको माग सम्बोधन गर्न नेपाली कांग्रेस कास्की र पोखरा महानगर समितिले माग गरेको छ ।

कास्की कांग्रेस कार्यवाहक सभापति रामबाबु भण्डारीको अगुवाईमा शुक्रबार नेता तथा कार्यकर्ताले प्रदर्शन समेत गरेका छन् ।

कांग्रेस पोखरा महानगर सचिव गणेशबहादुर थापाले जेनजी पुस्तालाई आह्वान गर्दै संसदभित्रैबाट सबै माग पूरा गर्न आग्रह गरिएको बताए ।

Advertisement

उनले भने, ‘देशलाई माया गरि स्वदेशमै केही गर्नु पर्छ, नेपाल बनाउन अग्रसर हुनु पर्छ। जेन जी दाजुभाइ र दिदीबहिनीहरूले उठाएका माग संसदबाटै सम्बोधन गर्न सकिन्छ।’

सचिव थापाले सभापति शेरबहादुर देउवा र अघिल्ला पुस्ताका नेताहरू अस्वीकार भए पनि, नेता गगन थापा र प्रदीप पौडेलले संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन्।

Advertisement

उनले चेतावनी दिएका छन्– ‘संवैधानिक प्रक्रिया विर्सेर संसद विघटन गर्नु वा बाहिरबाट सरकार बनाउनु भनेको संविधानलाई निस्क्रिय पार्नु हो। विना संविधानको देश ढोका नभएको घर जस्तो हो, जो, जहिले पनि पस्न सक्छ। यसले सबै नेपालीको अस्तित्व नै जोखिममा पार्न सक्छ।’

सचिव थापाले जेनजी आन्दोलनका माग संसदभित्रै सम्बोधन गर्न सकिने भन्दै आन्दोलन सुरु भएको दिन (भदौ २३) को प्रतिबद्धतामा मात्रै केन्द्रित रहन सबैलाई आग्रह गरेका छन्। उनले थप लेखेका छन्– ‘आगामी गोप्य मतदानमा नेताहरूले भदौ २४ को घटनाबाट डर अनुभव गर्नेछन्। त्यसैले संसदबाटै निकास दिन सकिन्छ, अवसरवादीहरूको मौका दिनुहुँदैन।’

तपाईको प्रतिक्रिया