प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने गरी शुक्रबार दिनभर भएको छलफलपछि सहमति जुटेको छ। सोही सहमतिसँगै प्रतिनिधिसभा विघटन गर्ने निर्णय पनि तयार भएको स्रोतले जानकारी दिएको छ।
शीतलनिवाससम्बद्ध स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल सुरुवातमा कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्र प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका थिए। तर, आन्दोलनरत केही युवाले तत्काल शीतलनिवास घेराबन्दी गर्ने चेतावनी दिएका कारण आफूले थेग्न नसकेको भन्दै पौडेल पछि हटेका बताइएको छ।
राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेताहरुलाई आफू प्रतिनिधिसभा विघटन गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारीमा रहेको जानकारी दिएका छन्।
हाल शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको प्रारूप तयार गर्ने काम भइरहेको स्रोतले बताएको छ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया