सुशीला कार्की प्रधानमन्त्री नियुक्त, बेलुकी ९ बजे शपथ

काठमाडौं । राजनीतिक संकटका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपतिका सचिवालयका अनुसार कार्कीले शुक्रबार बेलुकी ९ बजे शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
दिनभर भएको उच्चस्तरीय छलफलपछि प्रमुख दलका शीर्ष नेताहरूबीच सहमति जुटेपछि राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन्। स्रोतका अनुसार प्रतिनिधिसभा विघटनको विकल्पमाथि लामो समय छलफल भए पनि अन्ततः संवैधानिक व्यवस्थामार्फत समाधान खोज्दै कार्कीलाई नेतृत्व दिने निष्कर्षमा पुगिएको हो।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनु हालको असामान्य राजनीतिक परिस्थितिमा स्थायित्वको खोजी गर्ने प्रयासका रूपमा लिइएको छ। आन्दोलनरत जेन–जेड पुस्ताको मागलाई सम्बोधन गर्दै संवैधानिक प्रक्रिया मार्फत अघि बढ्ने सहमतिले पनि कार्कीको नेतृत्वलाई टेवा पुगेको देखिन्छ।
यसअघि राष्ट्रपति पौडेल प्रतिनिधिसभा विघटन गरेर मात्रै नयाँ सरकार गठन गर्न सकिन्छ भन्ने अडानमा रहेका थिए। तर आन्दोलन चर्कँदै गएपछि र केही समूहले शीतलनिवास घेर्ने चेतावनी दिएका कारण उनले अडान परिवर्तन गरेका स्रोतको दाबी छ।
अहिले शीतलनिवासमा कार्कीको शपथका लागि तयारी तीव्र रुपमा भइरहेको बताइएको छ। कार्की प्रधानमन्त्री बनेपछि अन्तरिम सरकारको स्वरूप र कामकारबाहीबारे दलहरूले विस्तृत खाका प्रस्तुत गर्ने तयारीसमेत भइरहेको बुझिएको छ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया