
किरण बराल
यहीँ भदौ २३ र २४ गतेको “जेन जेड आन्दोलन” युवा पुस्ताको आवाज थियो । अधिकार र असमानताको विरुद्धमा उठेको ऐतिहासिक स्वर थियो।
म, जेन जेड समूहले उठाएका यथार्थ र समयसापेक्ष मुद्दाहरूप्रति पूर्ण समर्थन प्रकट गर्छु। तर, आन्दोलनको क्रममा भएको केही घटनाहरूले हामी सबैलाई स्तब्ध र चिन्तित बनाएको छ।
विशेष गरी, केही नियोजित घुसपैठ वा अराजक समूहद्वारा जनताको वडा कार्यालयमा आगजनी, सरकारी कागजातहरूको नष्टिकरण, सार्वजनिक सम्पत्ति ध्वस्त पारिनु र निजी तथा मानवीय क्षेत्रमा समेत क्षति पुग्नु अत्यन्तै दुःखद र निन्दनीय विषय हो।
यी घटना स्वतस्फूर्त आन्दोलनभन्दा बाहिरको नियोजित काम जस्तो लाग्दछ, जुन मेरो व्यक्तिगत बुझाइ हो। आन्दोलनको मूल भावना र उद्देश्य सशक्त थियो, तर त्यस क्रममा भएको हिंसा र तोडफोडले आन्दोलनको गरिमा र सारमा आघात पुर्याएको छ।
घाइते भएका, आहत भएका र कुनै न कुनै रूपमा पीडित भएका सम्पूर्ण नागरिकहरूप्रति म हार्दिक सहानुभूति प्रकट गर्दछु। तर अब, हाम्रो साझा कर्तव्य — हाम्रो वडालाई फेरि उठाउनु हो। हिजो कार्यालय जलेर खरानी भयो, तर हाम्रो हौसला खरानी भएको छैन।
कागज जले, संरचना गयो, तर सेवाको भावना अझ बलियो भएर फर्किएको छ। आज सबैभन्दा बढी हाम्रो आस्था जलेको छ । जहाँ वडाबासीको अभिलेख, मेहनत तथा सपना थियो ।
दिनरातको परिश्रमले उभिएको त्यो एउटा भवन मात्र थिएन । एउटा हाम्रो लागि मन्दिर बनिसकेको थियौ । हामी सबैको नित्यकर्म त्यहीँबाट सुरु हुन्थ्यो । जहाँबाट वडाबासी सबैले नागरिक हुन पाएका थियौँ।
आजको आवश्यकता दोषारोपण होइन, पुनःनिर्माण हो। वडालाई जोगाउन, आगो निभाउन र शान्तिपूर्ण समाधान खोज्न हरपल तत्पर रहनुभएका वडाबासी सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीप्रति म हृदयदेखि आभार व्यक्त गर्दछु। तपाइहरूको साथले हामी छौ भन्न पाएका छौ ।
तपाईंहरूको साथ, सहयोग र संयमले नै मलाई फेरि उठ्न हिम्मत दिएको छ। अब समय आएको छ — गुनासो होइन, सहभागिताको। एकता र पुनःस्थापनाको बाटो अवलम्बन गर्दै “आफ्नो वडा, आफैं बनाउने” अभियानमा जुट्ने घडी को ।
दिनरातको परिश्रमले उभिएको त्यो एउटा भवन मात्र थिएन । एउटा हाम्रो लागि मन्दिर बनिसकेको थियौ । हामी सबैको नित्यकर्म त्यहीँबाट सुरु हुन्थ्यो । जहाँबाट वडाबासी सबैले नागरिक हुन पाएका थियौँ।
एउटा ईँटा तपाईंको, अर्को मेरो — हामी सबै मिलेर फेरि वडाको नयाँ ढोका खोल्नेछौं। जलेका कागजहरूलाई ज्ञानका नयाँ पानाले बदल्नेछौं। हामी एउटा विरुवा थियौँ । पात झर्छ पुनः पलाउँछ । हामी पनि त्यस्तै हौ । विरुवाले पालुवा पलाउन नबिर्से जस्तै हामी पुनः उठ्नेछौ ।
दुःखलाई शक्तिमा, पीडालाई प्रेरणामा रूपान्तरण गर्नेछौं। हामी फेरि उठ्नेछौं — अझ सशक्त भएर, अझ संगठित भएर।
हाम्रो वडा, हाम्रो इज्जत — यसलाई अब हामी सबै मिलेर पुनः निर्माण गर्छौं। जय वडा नं १३, जय पोखरा महानगर।
बराल पोखरा महानगर १३ का वडाध्यक्ष हुन्









अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया