कास्कीमा हटाइयो कर्फ्यु, जनजीवन सामान्य हुँदै

समाधान संवाददाता २०८२ भदौ २८ गते १०:२०
फाइल तस्बिर

पोखरा । कास्की जिल्लामा विकसित घटनाक्रम र शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा कर्फ्यू आदेश मिति २०७८/०४/२८ गते बिहान ०९:०० बजेदेखि लागू हुने गरी हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै यसअघि लगाइएको कर्फ्यू आदेश हटाइएको जानकारी गराएको हो। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा जिल्लामा शान्ति सुव्यवस्था र पारस्परिक सद्भाव कायम राख्न, सुरक्षाका लागि आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान, सार्वजनिक सेवालाई सुचारु गर्न र बजार व्यवस्थालाई क्रमिक रूपमा चलायमान बनाउन अनुरोध गरिएको छ।

सूचनामा सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ संस्था, मानवअधिकारकर्मी, संचारकर्मी, नागरिक समाज, विभिन्न टोल समुदाय लगायत सरोकारवाला सम्पूर्ण पक्षहरूलाई आवश्यक समन्वय र सहजीकरण गरिदिन जिल्ला सुरक्षा समिति, कास्कीले हार्दिक अनुरोध गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया