लेखक पौडेलको घरमा दिनदहाडै चोरी, ५ लाख रुपैयाँ पुरस्कार घोषणा

लेखक गनेस पौडेलको पोखरा १४ स्थित घरमा हिजो भदौ २७ गते दिउँसो चोरी भएको छ। पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराए अनुसार, दिउँसो १२ देखि १ बजेको बीचमा घरमा कोही नभएको मौका छोपी चोरले मुल ताला फुटाई पैसा र गरगहना राखेको स्थानबाट सामान चोरी गरी फरार भएको हो। उनले यस घटनालाई आफ्नो नजिकको व्यक्तिले नै गराएको हुन सक्ने आशंका व्यक्त गर्दै चोर पत्ता लगाउन सहयोग गर्नेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेका छन्।
पौडेलले चोरीको जानकारी हिजो नै प्रहरी प्रशासनलाई गराएका छन्। उनले चोर आफ्नो पारिवारिक गतिविधि र दैनिकीलाई नजिकबाट चिन्ने तथा घरको नक्साबारे राम्रो जानकारी भएको व्यक्ति भएको बताएका छन्। ‘हामीलाई थाहा छ यो चोरी गर्ने सम्भावित पात्रहरू को को हुन्,’ पौडेलले भनेका छन्, ‘वडा नम्बर १४ का पटके चोरहरूको सक्रियतामा बाहिरबाट बोलाइएको अर्को कुनै व्यक्तिबाट यो काम भएको हो।’ उनले सिसिटिभी फुटेजबाट पनि चोरबारे जानकारी आउने विश्वास व्यक्त गरे।
पौडेलका अनुसार, दिनदहाडै घरमा पसेर चोरी गर्ने व्यक्तिसँग हिजो परिवारको कुनै सदस्यको जम्काभेट भएको भए उसले हत्या गरेरै फरार हुने मनसाय राखेको हुन सक्ने बताए। उनले चोरले भुलबस छोडेर गएका हतियारहरूले यो कुरा प्रमाणित हुने जनाएका छन्।
देशमा विद्यमान राजनीतिक अस्थिरताका बीच बन्दीगृहबाट फरार भएका अपराधीहरू सक्रिय रहेको र हत्या, लुटपाट, बलात्कारजस्ता घटनाहरू घट्न सक्ने भन्दै पौडेलले सबैलाई सचेत रहन आग्रह गरे। उनले सुरक्षाकर्मीहरू आफैँ दबाबमा रहेको यस परिस्थितिमा सामुदायिक सहयोग अपरिहार्य हुने बताएका छन्। उनले छिमेकीले अर्को छिमेकी घरलाई निगरानी गरी शंकास्पद गतिविधि देखिएमा सूचित गर्ने बानी बसाल्न आग्रह गर्दै सबैलाई सुरक्षित बस्न अनुरोध गरे।
अन्त्यमा, पौडेलले यो चोरी आफूहरूलाई अत्यन्त नजिकबाट चिन्ने व्यक्तिबाट भएको कुरामा प्रष्ट रहेको बताए। उनले कुनै व्यक्ति वा समूहमाथि शंका लागेको भए, वा वरपरको कुनै शंकास्पद व्यक्तिले अस्वाभाविक आर्थिक गतिविधि गरेको भए आफूलाई म्यासेज गरेर जानकारी दिन आग्रह गरे। घटना प्रमाणित भएको अवस्थामा सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने र ५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिने उनले जानकारी दिए।
पौडेलले विशेष अनुरोध गर्दै चाउथे र निराजन चोकदेखि तल हिजो दिउँसो ११ देखि २ बजेसम्मको समयमा कालो (वा गाढा नीलो पनि हुन सक्छ) रङको मोटरसाइकलमा कालो पोशाक लगाएको र लेगगार्डमा सेतो वा खरानी रङको झोला झुन्ड्याएको शंकास्पद व्यक्ति कसैको सिसिटिभी फुटेजमा देखिएको भए उपलब्ध गराइदिन आभारी हुने बताए।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया