बागलुङमा जिप ठक्करबाट घाइते बालकको मृत्यु
समाधान संवाददाता
२०८२ भदौ २८ गते १५:२०

बागलुङ । बागलुङमा बोलेरो जिपको ठक्करबाट घाइते भएका दुई वर्षीय बालक सचिन किसानको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३, गुठीका सचिनलाई शुक्रबार दिउँसो ४ः५० बजे ध १ च १३७६ नम्बरको जिपले गुठी बसपार्क सडकमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी वसन्त पाण्डेले जानकारी दिएका छन् ।
ठक्करपछि गम्भीर घाइते बालकलाई प्रारम्भिक उपचारपछि पोखरा मणिपाल अस्पताल रिफर गरिएको थियो । तर बाटोमै अवस्था नाजुक भएपछि पर्वत अस्पतालमा लैजाँदा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डिएसपी पाण्डेले बताए ।
सम्बन्धित








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया